From Kantipur News

Navin Pokhrel

उद्दारका लागि लन्डनबाट १८ नेपाली चिकित्सक

   Doctor

लन्डन , वैशाख २० – भूकम्प पीडितहरुको उद्दार तथा स्वास्थ्य सेवाका लागि बेलायतस्थित नेपाली चिकित्सकहरुको समूह आइतबार विहान नेपाल उडेको छ ।

नेपलिज डक्टर्स एसोसिएसन, यूकेको पहलमा १८ चिकित्सकसहित तीन सहयोगी गरि २१ जनाको टिम नेपाल गएको हो  । एसोसिएसनका अध्यक्ष डा. अरुणकुमार झाका अनुसार, डा. कपिल रिजालको नेतृत्वमा चिकित्सकहरु भूकम्प प्रभावित जिल्लामा जानेछन् ।

आइतबार साँझ डा. कमल अर्यालको नेतृत्वमा चार जना चिकित्सक नेपाल उड्ने कार्यक्रम छ भने ६ मेका दिन डा. चुडा कार्की नेतृत्वको अर्को समूह पनि नेपाल जाने तय भएको छ । डा. कार्कीको समूहले मनो सामाजिक आवश्यकता तथा परामर्श सम्वन्धि जिम्मेवारी सम्हाल्नेछ ।

‘अप्ठेरोका बेला नेपाली चिकित्सकहरुले आफ्ना तर्फबाट सक्दो सहयोग गरेका छन्’, अध्यक्ष झाले भने, ‘म भूकम्प प्रभावित क्षेत्रमा खटिने साथीहरुप्रति आभारी छु ।’

उनले चिकित्सकहरु नेपालबाट फर्किएपछि के कस्तो आवश्यकता हुन्छ त्यो अनुसार कार्यक्रम बनाउने पनि जनाए ।

उता, डक्टर्स एसोसिएसनले शनिबार साँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित च्यारिटी डिनरमा संकलित करिब तीनहजार पाउण्डमध्ये एकहजार पाउण्ड भूकम्प पीडितलाई दिने जनाएको छ । उक्त रकम दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइनेछ ।

च्यारिटी डिनरबाट भूकम्प पीडितहरुकै लागि कार्यरत फेज नेपाल नामक संस्थालाई दुई हजार पाउण्ड प्रदान गरिएको छ । उक्त अवसरमा अभिनेतृ जोआना लुम्लेले हस्ताक्षर गरेको किताव, प्रवल गुरुङका फेशन लगायत लिलाम बढाबढ समेत गरि रकम उठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *